नवलपरासीको महलबारीमा मदार बाबा मेला शुरू

नवलपरासीको महलबारीमा मदार बाबा मेला शुरू

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाडौ ६ फागुन ।

नवलपरासी जिल्लाको कुडिया गाउ विकास समिति वार्ड न.६महलबारीमा मदार बाबा मेला आज देखि शुरू भएको छ । मुस्लिम समुदायको आस्थाको केन्द्र बिन्दु बनेको मदार बाबा मेला मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदार बाबा मेला धार्मिक स्थल बनेको छ ।
मदार मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुदिन अन्सारीले दिएको जानकारी अनुसार यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०० औ मेला हो ।मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब २००सुरक्षा कर्मी परिचालन गरिएको साथै १०० जना स्वयंसेवक ,३ ठाउमा स्वास्थ्य शिविर ,२० वटा सार्वजनिक शौचालय ,नया बाटो निर्माण लगाएत आउने भक्तजनहरूलाई विभिन्न ब्यवस्था गरिएको छ ।
बाबाको मुख्य मजारमा पुगनको लागि महलबारी देखि ९ किलोमिटर टाढा पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरि बाबाको मुख्य स्थल सम्म पुगने गरिन्छ ।मदार मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संगम रहने गर्दछ ।हिन्दु र मुस्लिम मजार सम्म पुगेपछि घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने विश्वास गरिएको छ ।

यो मेला फागुन १४ गते सम्म संचालन रहने छ ।सो मदार मेलामा भारत ,विहार र नेपालका विभिन्न ठाउहरूबाट करिब १५ लाख भन्दा बढी भक्तजनहरू आउने अन्सारीले दाबी गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ