प्रधानमन्त्री आज रोल्पा र नवलपरासी जाँदै

प्रधानमन्त्री आज रोल्पा र नवलपरासी जाँदै

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ६ फागुन ।
विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज रोल्पा र नवलपरासी जाँदै हुनुहुन्छ । जिल्लामा आयोजना हुने महोत्सव उद्घाटनका लागि उहाँ त्यसतर्फ जान लाग्नु भएको हो ।

प्रधानमन्त्रीमा नियुक्ति भएसँगै उद्घाटन लगायत औपचारिक सभासमारोहमा सहभागी नहुने उद्घोष गर्नुभएका दाहाल पछिल्ला समय विभिन्न जिल्लामा आयोजना हुने औपचारिक कार्यक्रममा बढ्दो छ ।

प्रधानमन्त्री दाहाल आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट रोल्पा जाने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले मध्यान्न १२ बजे रोल्पा महोत्सवको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

रोल्पामा प्रधानमन्त्री दाहालले स्थानीय निकाय कर्मचारीसंग विकास निर्माणबारे अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ । त्यसपछि उहाँ रोलपाबाट सिधै देवघाट महोत्सव उद्घाटनका लागि नवलपरासी जानुहुुनेछ ।

काठमाडौंमा आज सुरु हुने राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम भएकाले अपरान्ह ४ बजे उहाँ राजधानी फर्कनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ