आजदेखि स्थानीय निकायको काम सुचारु हुने

आजदेखि स्थानीय निकायको काम सुचारु हुने

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ ६ फागुन । 

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि ठप्प रहेको ठप्प स्थानीय निकायको कामकारबाही आजदेखि सुचारु हुदैछ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी संघ, संगठनका प्रतिनिधिबिच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्ने लगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो ।

मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबिच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मत्रालयका सल्लाहकार माधव सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायका कर्मचारी सरह समान अवसर प्रदान गर्नुपर्ने, लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्ने लगायत माग राख्दै स्थानीय निकायका कर्मचारी चार दिनदेखि आन्दोलनमा उत्रिएका थिए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ