तीन आयुक्तको नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पायो

तीन आयुक्तको नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पायो

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ ५ फागुन ।
निर्वाचन आयोगका लागि सिफारिस गरेको तीन आयुक्तले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । संवैधानिक परिषदले सिफारिस गरेका आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार साहले आज सपथ ग्रहण गरेका हुन् ।

प्रमुख दलहरुबीच जेठभित्रै चुनाव गराउने तयारी भइरहेका बेला राष्ट्रपति भवन शीतल निवासमा बिहान बिशेष कार्यक्रमकाबीच आयुक्तहरुले सपथ ग्रहण गरेसँगै आयोगले पनि पूर्णता पाएको छ । उहाँहरुले आजै पदभार सम्हाल्नु हुनेछ ।

दलीय भागबण्डाका आधारमा संवैधानिक परिषद्ले गत माघ १४ गते उहाँहरुको नाम आयुक्तमा सिफारिस गरेको थियो । पौडेल कांग्रेस, दाहाल एमाले र शाह नेकपा माओवादी केन्द्रको सिफारिसमा आयुक्त नियुक्त हुनु भएको हो ।

संसदीय सुनुवाई समितिले तीनै जनालाई निर्वाचन आयुक्तमा गत मंगलवार सर्वसम्मत अनुमोदन गरेको थियो । आयोगमा यसअघि प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्मामात्र कार्यरत हुनुहुन्थ्यो ।

आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित ५ जना पदाधिकारी रहने संवैधानिक व्यवस्था छ । आयोगले मतदानका लागि आगामी जेठ १ र २१ गतेको मिति तोक्न सरकारलाई सिफारिस गरेको छ ।

सरकारले यसअघि नै जेठमा निर्वाचन गर्ने गरी तयारी थाल्न आयोगलाई लिखित पत्राचार गरेपनि मिति भने घोषणा भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ