झापाको गौरादह नगरपालिकाको एक घरमा आगलागी हुदा ४२ लाख बराबरको क्षति

झापाको गौरादह नगरपालिकाको एक घरमा आगलागी हुदा ४२ लाख बराबरको क्षति

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ फागुन ५।
झापाको गौरादह नगरपालिकाको एक घरमा आगलागी हुदा दुई परिवारको ४२ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागी विद्युत सर्ट भएर लागेको बताइएको छ ।

आज विहान साढे एक बजेतिर गौरादह–१ का देवराज लिम्बूको दुइ तले काठको घरमा आगलागी हुदा लिम्बूको ३१ लाख र उनको घरमा डेरा गरी बस्ने लखनपुर–६ की निरा सुब्बाको ११ लाख गरी ४२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लिम्बूको घरसंगै ३ वटा खसी, २ वटा बाख्रा, ४ वटा पाठा, १५० वटा कुखुरा, ६० मन धान र ७ मन चामल जलेर खरानी भएको इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी नायव निरीक्षक नगेन्द्रकुमार भगतले जानकारी दिनु भयो ।

त्यस्तै, उनको घरमा डेरागरी बस्ने सुब्बाको नगद २ लाख ५० हजार, ५ तोला सुन, २० तोला चाँदीसहित कोठाभित्रका सबै सामान जलेर नष्ट भएको छ ।

गौरादहमा घर निर्माण गरिरहेकी सुब्बाले हिजो मात्रै कोरियामा रहेका श्रीमान् धन सुब्बाले पठाइदिएको अढाई लाख रुपैयाँ बैंकबाट निकालेकी थिइन् ।

दमक र विर्तामोडको दमकल तथा स्थानीयको सक्रियतामा आगलागी डेढ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ