काठमाडौ ४ फागुन ।
काठमाडौंको जैसीदेवलबाट लागुऔषध सहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धादिङ्ग खत्रीपौवा घर बताउने ३२ वर्षीय सविना मगर रहेका छन् ।
लागुऔषधको कारोवार गर्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलिले उनको कोठामा खानतलासी गर्दा आगुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
उनको साथबाट नुफीन ५९ वटा, डाइजोपाम १ सय ६० वटा, फेनेरागन १ सय ६९ वटा गरी जम्मा ३ सय ८८ वटा लागुऔषध बरामद गरेको छ ।
उनलाई महानगरीय प्रहरी बृत्त जनसेवामा राखिएको र घटनाका सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline