काठमाडौं, फागुन ४।
आन्दोलनरत स्थानीय निकायका कर्मचारीसँग सरकारले आज वार्ता गर्दैछ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकायका प्रतिनिधिबीच हिजो नै वार्ता हुने भनिए पनि हुन नसकेका कारण आज हुन लागेको हो ।
सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारी सरह समान पदको लागि समान अवसर दिनुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्ने कर्मचारीको छ ।
स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन, स्थानीय निकाय कर्मचारी युनियन र गाविस कर्मचारी सङ्घले संयुक्त रुपमा आफ्नो माग राख्दै हड्ताल गरिरहेका हुन् ।
स्थानीय निकायबाट काम ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् । तर भक्तपुर नगरपालिकाका कर्मचारीले भने आन्दोलनको बेवास्ता गर्दै काम गरेका छन् ।
भक्तपुरका अन्य ५ वटा नगरपालिकाका कर्मचारीले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै काम रोके पनि भक्तपुर नगरपालिका कर्मचारीले काम नरोकेको कर्मचारी एशोसियसनका सदस्य रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
कहिले गाविस सचिव त कहिले स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको छ ।