सप्तरीको पोर्ताहामा आगलागी हुदा करिब १५ लाखको क्षति

सप्तरीको पोर्ताहामा आगलागी हुदा करिब १५ लाखको क्षति

  • बुधबार, फाल्गुन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

राजविराज, ४ फागुन ।   

सप्तरीको पोर्ताहा–५ मा गएराति भएको आगलागी बाट करिब पन्ध्र लाख बराबरको क्षति भएको छ । आगलागी विद्युत सर्ट भएर भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको थियो । पछि आगोले उनको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तन लगायत नगद तथा जिन्सी गरी करिब १५ लाख मूल्य बरावरको क्षति भएको बताइएको छ।

आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहबाट गएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ