सरकार शिक्षा नियमावली ल्याउने अन्तिम तयारीमा जुट्दै

सरकार शिक्षा नियमावली ल्याउने अन्तिम तयारीमा जुट्दै

  • मङ्लबार, फाल्गुन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ ३ फागुन ।
सरकारले यही फागुन महिनाभित्रमा शिक्षा नियमावली ल्याउने तयारी गरेको छ । कानुन मन्त्रालयले सहमति दिए यो महिनाभित्रै नियमावली ल्याउने अन्तिम तयारीमा जुटेको शिक्षा मन्त्रालयले जनाएको छ ।

गत कात्तिकमै मन्त्रालयले नियमावलीको पहिलो मस्यौदा तयार गरेपनि पक्रियागत रुपमा अघि बढ्न नसक्दा ढिला भएको मन्त्रालयले जनाएको छ । लामो समय अर्थ मन्त्रालयमा थन्किएको मस्यौदा गत माघ १० गते कानुन मन्त्रालयमा पठाइएको छ ।

अहिले त्यहाँ दोस्रो चरणको अध्ययन सुरु भएकाले अब छिट्टै शिक्षा नियमावली तयार हुने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताउनुभयो । शिक्षा ऐन संशोधनको सात महिनापछि नियमावली संशोधनको प्रक्रिया अघि बढेको हो ।

कानुन मन्त्रालयले सहमति दिएपछि शिक्षा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा लानेछ । मन्त्रिपरिषदले पारित गरेपछि शिक्षा नियमावली कार्यान्वयनमा आउनेछ । यसअघि अर्थले ठूलो खर्च बेहोर्नुपर्ने भन्दै सहमति नदिँदा नियमावली संशोधन प्रक्रिया रोकिएको थियो ।

नियमावली कार्यान्वयन गर्न २७ अर्ब रुपैयाँ खर्च लाग्ने भएकाले अर्थले सहमति दिन आनाकानी गरेको थियो । त्यो खर्चलाई वार्षिक आधारमा भाग लगाएपछि अर्थले सहमति जनाएपछि मस्यौदा कानुन मन्त्रालयमा पुगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी