पोलियो खोप कार्यक्रम आगामी फागुन १९ र २० गतेबाट गरिने

पोलियो खोप कार्यक्रम आगामी फागुन १९ र २० गतेबाट गरिने

  • मङ्लबार, फाल्गुन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, फागुन ३।
विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी भएको छ । बालबालिकालाई पोलियो जोखिमबाट बचाउन उक्त खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण खोप कार्यक्रम पछि धकेलिए पनि स्वास्थ्य सेवा विभागले प्राविधिक कारणले रोकिएको जनाएको छ ।विभागका महानिर्देशकमा डा. राजेन्द्र पन्तले तत्काल तराईका जिल्लामा अभियान चलाउन समस्या भएकाले मिति सारेको बताउनुभयो ।

७ र ८ गतेको साटो १९ र २० गते अभियान चलाउने तयारी भएको र मितिको औपचारिक जानकारी भने आज गरिने उहाँले बताउनुभयो । स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी अहिले आन्दोलनमा छन् ।

सरकारले १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम तय गरेको थियो ।

सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा यो कार्यक्रम हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ