पुनरसंरचना विवादबारे सरकारी कार्यदलले आज सर्लाहीका सांसदहरुसँग छलफल गर्ने

पुनरसंरचना विवादबारे सरकारी कार्यदलले आज सर्लाहीका सांसदहरुसँग छलफल गर्ने

  • मङ्लबार, फाल्गुन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ३ फागुन । 

स्थानीय तह पुनरसंरचनाका क्रममा दुई नम्बर प्रदेशमा देखिएकोे विवाद अन्त्यको प्रयासमा सरकारी कार्यदलले आजपनि सम्बन्धीत जिल्लाका सांसदहरुसँग आजपनि छलफल गर्दैछ ।

संघिय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीले आज तराईका विवादित जिल्ला सर्लाहीका सांसदहरुसँग छलफल गर्ने तयारी गरेको छ ।

बिहान १० बजेपछि सिंहदरबारमा हुने छलफलमा स्थानीय तह पुनरसंरचनामा देखिएको विवादबारे सर्लाहीबाट प्रतिनिधित्व गरेका सांसदहरुको धारणा बुझ्ने मन्त्री पाण्डेले जानकारी दिनुभयो ।

यसअघि सरकारी कार्यदलले हिजो र अस्ती सप्तरी, सिरहा धनुषा र महोत्तरीका विभिन्न राजनितिक दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको थियो ।

छलफलका क्रममा बोल्ने सांसदहरुले स्थानीय तह पुनरसंरचनाका क्रममा जनतालाई सहभागी नगराइएको तथा जनसंख्याका आधारमा स्थानीय तह पुनरसंरचना गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ