काठमाडौँ,२ फागुन । शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनुपर्ने धारणा नागार्जुन–५,सीतापाइलामा सोमबार आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन् ।
स्थानीयमहामञ्जुश्री हाइस्कुलको ३१ औँ वार्षिकोत्सव समारोहकावक्ताले नेपालमा सैद्धान्तिक भन्दाव्यावहारिक र प्रयोगात्मकशिक्षाको आवश्यकताऔँल्याएकाहुन् ।राज्यको स्रोत साधनउपयोग गर्न सक्षमजनशक्तिउत्पादनगर्न हामी प्रयासरत छौँ । प्रिन्सिपल चुडामणि मरासिनीले भने । भाइस प्रिन्सिपल हेमलता चाम्लिङ्गले विद्यालयले शैक्षिक र अतिरिक्तक्रियाकलापका क्षेत्रमाउल्लेख्य प्रगतिहासिल गरेको बताइन् ।
नागार्जुन कम्युनिकेसन स्टेसनरी एण्ड सप्लायर प्रालिका सञ्चालकमाधवअधिकारीले सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालितविद्यालयको विकासमा राज्यले ध्यानदिनुपर्ने बताए ।समारोहमाविद्यालयको मासिकबुलेटिन महामञ्जुश्री दर्पणको विमोचन पनि गरिएको थियो।
सोहीअवसरमाविद्यार्थीले विभिन्नखानाका परिकार बनाई १३ वटा स्टलमा राखेर बिक्रीवितरण गरेकाथिए ।नेपालको परम्परागतखानाका परिकार बनाई पूर्व व्यवसायिकशिक्षाको पाठ्यक्रममासिकेका सीपलाई प्रयोगात्मक ढङ्गले उपयोग गर्न सिकाउन फुड फेस्टिबल आयोजनागरिएको भाइस प्रिन्सिपल प्रेम जिसीले जानकारी दिए ।
शिक्षक तेजेन्द्र लम्सालले सञ्चालन गरेको कार्यक्रममाविद्यार्थीले विविध सांस्कृतिककार्यक्रम प्रस्तुत गरेकाथिए ।