कायम मुकायम प्रहरी महानिरिक्षकमा भण्डारी

कायम मुकायम प्रहरी महानिरिक्षकमा भण्डारी

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ २ फागुन ।
प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशपछि प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षकको पद सम्हाल्नु हुने भएको छ ।

प्रहरी नियमावली २०४७ को दफा ४६ को व्यवस्थाअनुसार प्रहरी नायव महानिरीक्षक बमहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक पद सम्हाल्नु हुने भएको गृह स्रोतले जनाएको छ ।

अर्यालसँगै १० जना एआइजीले एकैपटक अवकाश पाउँदै छन् । प्रहरी नायव महानिरीक्षकमा भण्डारीभन्दा वरिष्ठ नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द रहेपनि उनीहरु फरक ब्यूरोमा रहेका कारण भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक सम्हाल्नु हुने भएको हो ।

सिलवाल सिआइबीमा, अर्याल ट्राफिक व्यवस्थापनमा, चन्द लागूऔषध अनुसन्धान ब्यूरोमा छन् । दफा ४६ अनुसार एउटै कार्यालयको हुनुपर्ने नियमले चौथो नम्बरका भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक सम्हाल्नु हुने भएको हो ।

पद रिक्त हुने अवस्थामा गृह मन्त्रालयले प्रहरी प्रमुख तोक्नुपर्ने भएपनि नियमावलीकै आधारमा गृहले काम गर्ने हुँदा भण्डारी कायम मुकायम प्रहरी महानिरीक्षक हुने भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ