आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ २ फागुन ।
आज विश्व रेडियो दिवस, नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष फेब्रुवरी १३ तारीखमा यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि रेडियो दिवस मनाउन थालिएको हो । विश्वमा रेडियोको प्रसारण आरम्भ भएको ९७ वर्ष र नेपालमा ६६ वर्ष पूरा भएको छ ।

नेपालमा २००३ सालमा नै रेडियोको प्रसारण सुरु भएको भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ ।

निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । हाल मुलुकका सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ