मतदाताहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशनमा ल्याउने तयारी

मतदाताहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशनमा ल्याउने तयारी

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २ फागुन ।  

सरकारले मतदाताहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशनमा ल्याउने तयारी गरेको छ ।

प्रजातन्त्र दिवस र निर्वाचन आयोगको स्वर्ण महोत्सवको अवसर पारेर हुलाक सेवा विभागमार्फत मतदानमा लामबद्ध मतदाताहरुको तस्वीर सहितको खाम प्रकाशनमा ल्याउने भएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा प्रकाशनमा ल्याउन लागेको खाममा नेपालको संविधान, २०७२ अंकित हुलाक टिकटको टाँस गरी सूचना तथा सञ्चार मन्त्रीले टाँचा लगाउने कार्यक्रम समेत तय गरेको छ ।

सञ्चार मन्त्रालयको संयोजनमा रहेको प्रचारप्रसार उप–समितिले यही फागुन ७ गतेका दिन मनाइने ६७ औं प्रजातन्त्र दिवसलाई भव्य र व्यवस्थित बनाउने निर्णय समेत गरेको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ