फागुण १ काठमाण्डौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी जनताको पक्षमा बलिदान गरेको र ईतिहास बोकेको पार्टी भएको भन्दै कसैले पराजीत गर्न नसक्ने बताउनु भएको छ ।
खुल्लामञ्चमा शक्ति प्रदर्शन सहित भएको पार्टीको उद्घाटन गर्दै उहाले जनयुद्धको सपना पूरा गरेरै छाड्न प्रतिवद्धता व्यक्त गर्नु भयो ।
साम्राज्यावादीहरुसगँ लड्न पछि नपर्ने एक मात्र पार्टी आफुहरुको भएको भन्दै माओवादीलाई अपराधी घोषित गरेर सिध्याउने षड्यन्त्र सफल हुन नदिने विप्लवले चेतावनी दिनु भयो ।
माओवादी हारेर आएको पार्टी नभई ईतिहास बोकेको पार्टी भएकाले देश बेच्ने, नदीनाला बेच्नेहरुले जेल हाल्ने हल्ला चलाएको भन्दै माओवादीलाई हराएर देखाउन चूनौती दिनु भयो ।
देश बिखण्डनको कुरा गर्ने सिके राउतहरुलाई संरक्षण गर्ने र राष्ट्रिय स्वाधीनताको कुरा गर्ने माओवादीदाई जेल हाल्छु भन्ने ? विप्लवले चेतावनी दिनु भयो ।
विप्लवले युवाहरु विदेशमा गएर पीडा भोगीरहनु परेको भन्दै नेपाली युवालाई भेडाबाख्रा जस्तो व्यवहार विदेशी भूमिमा भईरहेको भन्दै अब युवाहरुले खाडीमा हैन देशमा लड्ने बेला आएको बताउनु भयो ।
उहाले पार्टीले दलाल अर्थतन्त्रको अन्त्य गरी राष्ट्रिय पूजिपति वर्गलाई स्वदेशमै कलकारखाना सञ्चालन गर्ने वातावरण बनाउने आफूहरुको नीति रहेको बताउनु भयो ।
यस्तै जनजाति र मधेशी समुदायलाई सवोधन गर्दै उहाले अहिलेको संघीयता नाराको मात्र भएकाले वास्तविक अधिकार र शोषित जनको मुक्ति विनाको संघीयता काम नलाग्ने बताउनु भयो ।
पूजीवादी र दलालहरुले संघीयताको नारा मात्र दिएर आफ्नो सत्ता जोगाउने खेलमा लागिरहेको भन्दै यसको भ्रममा नपर्न आग्रह गर्दै उहाले दलाल र पूजीवादी व्यवस्थाको संघीयताले अधिकार सम्पन्न नबनाउने बताउनु भयो ।
यसै गरी उद्घाटन सत्रमा नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा पं्रकाण्डले जनवादी राज्य सत्ता स्थापना गरेरै छाड्ने बताउनु भएको छ ।
प्रवक्ता प्रकाण्डले संसदवादीहरुले राष्टघाती सम्झौता गरीरहेको आरोप लगाउनु भयो ।
साथै उहाँले यस्तो प्रकारको राष्टघाती सम्झौता कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने भन्दै प्रकाण्डले आफूहरु त्यसको विरोधमा निरन्तर लागि रहेन बताउनु भयो ।
यसै गरी महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले संसरभर साम्राज्यवादले हाइकम जमाइरहेको अवस्थामा नेपाली जनता मुलुकको स्वाधिनता रक्षाका लागि लड्ने बेला आएको बताउनु भयो ।
मुलुकको स्वाधिनताको रक्षा तथा विदेशी हस्तक्षेप विरुद्ध जनता क्रान्तिमा होमिने समय आएको बास्तोलाले बताउनु भयो ।
यस्तै महाधिवेशनको शुभकामना दिदै नेकपा क्रान्तीकारी माओवादकिा प्रवक्ता हरिभक्त कँडेलले माओवदी शाक्तिहरु अब एकजुट हुनु पर्नेमा जोड दिनु भएको छ ।
उहाँले मुलुकको स्वाधिनता रक्षाका लागि सबै माओवादी शक्तिहरु एउटै ध्रुवमा आउनुपर्ने धारणा राख्नुभयो ।
यसै गरी नेकपा माओवादीका स्थायी कमिटी सदस्य सन्तोष बुढा मगरले मुलुकमा जनसत्ता जन्मिरहेको उल्लेख गर्दै त्यो सत्ताले पूँजीवादी र दलाल सत्ता समप्त पार्ने उद्घोष गर्नु भएको छ ।
उहाँले जनताको सत्ताले दलाल भ्रष्टाचारीलाई निमिट्यान्न पार्ने बताउनु भयो ।
कार्यक्रममा वेपत्ता, शहीद तथा घाईते सम्बद्ध संगठनका प्रमुखहरुले पनि सवोधन गरेका थिए ।

