काठमाडौ १ फागुन ।
सर्वोच्च अदालतले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने मन्त्रीपरिषदको आजको बिहानको निर्णय तत्काल कार्यान्वय नगर्न आदेश दिएको हो ।
सरकारले बरियता मिचेर चन्दलाई महानिरीक्षक बनाउने तयारी गरेको भन्दै अधिवक्ता कपिल ढकाललले शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
यसैगरी आफूलाई प्रहरी महानिरीक्षक बनाई पाउँ भन्दै डीआइजी नवराज सिलवालले आज सर्वोच्च अदालतमा रिट दर्ता गनूृ भएको छ । सिलवालको रिटमाथि भोली सुनुवाई हुने भएको छ ।
मन्त्रिपरिषद बैठकले तेस्रो बरियताका डीआइजी चन्दलाई आइजीपी बनाउने निर्णय गरेको केही घण्टामै डीआइजी सिलवालले अदालतको ढोका ढक्ढकाउनु भएको हो ।
डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ ।