प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द,सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठ नियुक्त

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द,सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठ नियुक्त

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 काठमाडौं ,फाल्गुन १ ।   सरकारले प्रहरी महानिरीक्षक ९आईजीपी०मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।लामो विवादपछि आज बिहान बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

यस्तै आजको बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।फागुन ३ गतेबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका बहालवाला महानिरीक्षक क्रमशः उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईको पदावधि सकिने भएपछि सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
नेपाल प्रहरीका अर्यालकै ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक, एआईजीहरुले पनि एकसाथ अवकाश पाउने भएपछि सरकारले प्रहरी नायव महानिरीक्षक, डीआईजीबाट नयाँ आईजीपी नियुक्त गरेको हो ।
यद्यपि, सरकारले डीआईजी मध्ये वरिष्ठतामा पहिलोे र दोस्रो वरियताका क्रमशः नवराज सिलवाल र प्रकाश अर्याललाई छाडेर तेस्रो बरियताका चन्दलाई महानिरीक्षक बनाएको छ ।
सशस्त्रमा भने एआईजी मध्ये वरिष्ठ रहेका सिंहबहादुर श्रेष्ठलाई नै आईजीपी बनाइएको छ ।
उता सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको बढुवा गर्ने भएपछि त्यसलाई रोक्न माग गर्दै शुक्रवार नै सर्वोच्चमा रीट निवेदन दर्ता गरिएको थियो ।
यससम्बन्धमा सर्वोच्चले आजै निर्णय दिन सक्ने आंकलन गरिएको छ । सरकारले तेश्रो बरियताका प्रहरी नायव महानिरीक्षक चन्दलाई प्रहरी महानिरीक्षक बनाउन लागेपछि त्यो विधि विपरित हुने भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रीट दायर गर्नुभएको हो ।
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री विमलेन्द्र निधिले चन्दको नाम सिफारिस गरेको दावी गरिएको छ ।
यद्यपि, गृहमन्त्री निधि पनि सिलवाललाई नै महानिरीक्षक बनाउने पक्षमा रहनु भएको तर पार्टी सभापति देउवाको निर्देशन काट्न नसकेकाले चन्दको नाम सिफारिस गरिएको दावी स्रोतको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ