स्ववियु निर्वाचन प्रक्रिया सुरु, आज मतदाताको नाम प्रकाशन गर्ने

स्ववियु निर्वाचन प्रक्रिया सुरु, आज मतदाताको नाम प्रकाशन गर्ने

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

त्रिवि यही फागुन १४ गते हुने निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक प्रा डा सुधा त्रिपाठीले जानकारी गराउनुभयो । उहाँका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन् ।

कार्यतालिकानुसार मङ्गलबार अपराह्न १ बजेसम्म मतदाता सूचीमाथि दाबी विरोध गर्ने र दाबी विरोधमाथि छानबिन गरी मङ्गलबार नै साँझ ५ बजेसम्म अन्तिम नामावाली प्रकाशन गरिने छ ।
यसैगरी यही फागुन ४ गते उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिने, फागुन ५ गते बिहान ११ देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गरिने, फागुन ५ गते अपराह्न ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने र फागुन ६ गते उम्मेदवारको नामावलीमाथि दाबी विरोध गरिने कार्यतालिका छ ।

कार्यतालिकानुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने, फागुन ८ गते अपराह्न ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिइने र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तथा फागुन १४ गते मतदान हुने डा त्रिपाठीले जानकारी गराउनुभयो ।

त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । त्रिविले दुई पटक निर्वाचन घोषणा गरे पनि विद्यार्थीको विवादका कारण हुन सकेको थिएन । निर्वाचनमा सहभागी विद्यार्थी सङ्गठनले आजसम्म क्याम्पस निर्वाचन समितिमा सङ्घसङ्गठन दर्ता गराउने अन्तिम मिति तोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी