नेकपा माओवादीको ८ औं महाधिवेशन आज उद्घाटन हुदै

नेकपा माओवादीको ८ औं महाधिवेशन आज उद्घाटन हुदै

  • आइतवार, फाल्गुन १, २०७३
  • सिर्जना तिम्सिना

  • 12.9K
    SHARES

२२ औं माओवादी जनयुद्ध दिवसको अवसर पारेर आज नेकपा माओवादीको ८ औं महाधिवेशन उद्घाटन हुदै छ ।
आज खुल्ला मञ्चमा बिशाल जनसभा सहित पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ । यस उद्घाटन समारोहमा पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीको नीति र कार्यक्रमबारे संवोधन गर्ने हुनु भएको छ ।  उद्घाटन मध्यान्ह १२ बजे पछि शुरु हुने पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनु भयो ।
त्यस अघि लैनचौर, कालीमाटी, बबरमहल, बालाजु, लगनखेल लगायतका ठाँउबाट र्याली निकालीने जनाईएको छ । र्यालीको नेतृत्व पार्टीका नेताहरुले नै गर्ने छन् ।
र्याली पछि खुल्लामञ्चमा केन्द्रीत हुने प्रकाण्डले बताउनु भयो । खुल्ला मञ्चमा शहीदको प्रतिमा समेत राखेर महाधिवेशन उद्घाटनको तयारी गरिएको छ ।
उद्घाटनमा उपत्यका र आसपासबाट ठूलो संख्यामा कार्यकर्ता तथा जनताको उपस्थिति हुने र देशैभरबाट समेत प्रतिनिधि पर्यवेक्षक र उद्घाटन सत्रमा सहभागी हुने कार्यकर्ताहरु राजधानी आउदैछन् ।
खुुल्ला मञ्चमा आज ५० हजार भन्दा बढी जनता र कार्यकर्ता सहभागी हुने माओवादीले जनाएको छ । आजको उद्घाटन पछि बन्दशत्र भने रोल्पाको थवागंमा हुने छ । थवागंमा फागुण ५ बाट बन्द शत्र शुरु हुने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ