कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न

कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न

  • शनिबार, माघ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौँ, २९ माघ । भारतबाट विद्युत् आयात गर्ने महत्वपूर्ण प्रसारण लाइनका रुपमा लिइएको कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सो प्रसारण लाइनको सिङ्गल फेजलाई डलब फेजमा रुपान्तरण गर्नेदेखि क्षमता अभिवृद्धि गर्ने कामसमेत सम्पन्न भएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएको र थप विद्युत् आयातमा मार्ग प्रशस्त भएको जानकारी दिनुभयो । भारत सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको सो आयोजना पूर्वक्षेत्रमा विद्युत् आयात तथा निर्यातका लागि महत्वपूर्ण मानिएको छ ।

नेपाल र भारतबीच भएको सहमतिअनुसार सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गरिनेछ । थप विद्युत् आयात भएपछि प्राधिकरणले झापा, मोरङ र सुनसरीमा विद्युत्भार कटौती अन्त्य गर्ने तयारीसमेत गरेको छ ।

यस्तै दुहबीमा रहेको मल्टी फ्यूल प्लान्टको ३३ केभी क्षमताको प्रसारण लाइनलाई पनि थप मर्मत गरेर विराटनगरको औद्योगिक करिडोरमा थप विद्युत् उपलब्ध गराउने तयारी गरिएको छ ।

यस्तै रक्सौल परवानीपुर प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । थप विद्युत् आयात भएपछि वीरगन्ज औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा पनि विद्युत्भार कटौती अन्त्य गरिनेछ ।

थप विद्युत् आयातका सम्बन्धमा यसअघि भएको सहमतिलाई केही दिनभित्रै बस्ने नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले थप अनुमोदन गर्ने प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी