सुत्केरी महिलाको मृत्यु भएपछि भरतपूर अस्पतालमा तनाव

सुत्केरी महिलाको मृत्यु भएपछि भरतपूर अस्पतालमा तनाव

  • शनिबार, माघ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ २९ माघ ।  

अस्पतालको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि चितवनको भरतपुर अस्पतालमा तनाव सिर्जना भएको छ ।

सम्भावित घटना हुन सक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गोरखा ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमलालाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पताल ल्याइएकोमा हिजो बिहान शल्याक्रियामार्फत बच्चा निकालिएको थियो ।

दिउँसोबाट बिरामीको अवस्था गम्भीर बन्दै गएपछि साँझ पुनः शल्यक्रिया गरिएको पीडित परिवारको भनाइ छ । शुक्रबार राति नै सुत्केरीको मृत्युभएपछि विमलाका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए ।

अस्पतालका चिकित्सक र नर्सले वेवास्ता गर्दा अत्यधिक रक्तस्राव भई सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ । सो विषयमा अहिले पिडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ