काठमाडौ २९ माघ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको पहल स्वरुप माइती नेपालको सहयोगमा रसुवागढी नाकामा हेल्प डेक्स स्थापना गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले चीनसँगको एक मात्र व्यापारीक नाका रसुवागढीबाट हुनसक्ने मानव बेचबिखन तथा ओसारपसारलाई मध्यनजर गर्दै हेल्प डेक्स स्थापना गर्ने तयारी गरेको जनाएको छ ।
चीनको केरुङतर्फ हुनसक्ने बेचबिखन नियन्त्रणको बारेमा आवश्यक जानकारी दिनका लागि हेल्प डेक्सको स्थापना गर्न लागिएको रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो । हेल्प डेक्स केही समयपछि नै सञ्चालनमा आउनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline