संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिका निर्वाह गर्छ : मन्त्री थापा

संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिका निर्वाह गर्छ : मन्त्री थापा

  • शनिबार, माघ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

पोखरा, २९ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्माञ्चल क्याम्पस, पोखरा इकाइ समितिद्वारा प्रकाशित ‘जय नेपाल’ स्मारिका तेस्रो अङ्कको आज विमोचन गर्दै उहाँले लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलन हुँदै देशलाई नयाँ संविधान दिन नेतृत्व गरेको काँग्रेसले यसको कार्यान्वयनलाई पनि आफ्नो प्राथमिकतामा राख्दै अघि बढेको चर्चा गर्नु भयो ।
हिमाल, पहाड र तराईबीचको एकताले नै देशको राष्ट्रियता बलियो बन्ने बताउँदै उहाँले केन्द्रमा बसेर चर्का राष्ट्रियताका नारा लगाउनुभन्दा हिमाल, पहाड र तराईमा रहने नेपाली जनताको भावना र मर्मलाई बुझ्नु आवश्यक भएको विचार व्यक्त गर्नु भयो ।

नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले विद्यार्थीका सिर्जनात्मक भावनालाई समेट्नका लागि प्रकाशित स्मारिका बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष आदर्श लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले बोल्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी