जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव

जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव

  • शनिबार, माघ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ २९ माघ ।  

जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव देखिएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ ।

दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि समस्या परेको चिकित्सकहरुले बताएका छन् । पानी अभावका कारण अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको छ ।

हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिनुभयो ।

अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ । अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने अस्पताल प्रशासनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ