अनिश्चितकालिन काम ठप्प पार्ने स्थानीय निकाय कर्मचारीको चेतावनी

अनिश्चितकालिन काम ठप्प पार्ने स्थानीय निकाय कर्मचारीको चेतावनी

  • शनिबार, माघ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौ २९ माघ ।  

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत स्थानीय निकायका कर्मचारीलाई प्राथमिकता नदिएको भन्दै स्थानीय कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माग पूरा नभए स्थानीय निकायको काम अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

माघ १९ गतेदेखि विभिन्न चरणमा आंशिक रूपमा स्थानीय निकायको काममा अवरोध गर्दै आएका स्थानीय निकायका कर्मचारीले आफ्नो माग सम्बोधन नभए आगामी फागुनदेखि अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा क्षमता, ज्येष्ठता र योग्यताका आधारमा स्थानीय निकायमा कार्यरत कर्मचारीलाई उच्च प्राथमिकता दिनुपर्ने, नपुग कर्मचारी मात्र निजामती सेवाबाट स्थानीय तहमा ल्याउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

स्थानीय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठले सरकारले कर्मचारी समायोजन गर्दा एकलौटी रूपमा अघि बढ्न खोजेकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।

हाल स्थानीय निकायमा र अब बन्ने स्थानीय तहको कामको प्रकृति समान खालको हुनेभएकाले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा स्थानीय निकायका कर्मचारीलाई उच्च प्राथमिकता दिनुपर्नेस्थानीय निकायका कर्मचारीको माग छ ।

हाल स्थानीय निकायमा (गाविसमा सचिव, नगरपालिकामा कार्यकारी अधिकृत, प्रशासन, लेखा प्रमुख र जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी, योजना तथा प्रशासन प्रमुख लेखा प्रमुख बाहेक अन्य सबै) कर्मचारीले सेवा प्रवाह गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ