भ्यालेनटाइनको अवसरमा बिजी मलमा सुरु भयो ‘विग डिस्काउन्ट विन्टर सेल’

भ्यालेनटाइनको अवसरमा बिजी मलमा सुरु भयो ‘विग डिस्काउन्ट विन्टर सेल’

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

माघ २८ काठमाण्डौं । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलमा ‘विग सेल डिस्काउन्ट विन्टर सेल’ योजना सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवामा ५० प्रतिशतसम्म छुट पाउने कम्पनी जनाएको छ ।
ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै मलले प्रणय दिवस अर्थात भ्यालेनटाइनको सन्दर्भ पारेर ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना संचालनमा ल्याएको जानकारी दिएको छ । यो योजना फ्रेबरी १० देखी २७ सम्म संचालनमा आउनेछ । जसमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।

योजना अवधिभर ग्राहकहरुले भ्यालेनटाइन डेकोरको साथमा सपिङको आनन्द लिन सक्नेछन् भने निशुल्क फेस पेन्टिङ, जोडि फोटो सुट समेत गराउन सक्ने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए ।
मलले यसअवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीमा आर्कषक छुटको व्यवस्था समेत गरेको छ । ग्राहकले पचास प्रतिशत छुटसम्म किनमेल गर्नसक्ने तिमल्सिनाले बताए ।
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् । साथै ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना अवधिभर विभिन्न समूहले मनोरञ्जनात्मक तथा सांगेतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्नेछन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी