सिन्धुली, २८ माघ । युएसएआईडीको सहयोगमा सञ्चालित सबल परीयोजनाको अगुवाई तथा युसेप नेपाल र सामाजिकविकासकालागीमहिलाजागरण, सिन्धुलीको सयुक्तआयोजनामाजिल्लाका २१ गाविसकाभुकम्प पिडित परिवारका महिला सदस्यहरुलाई निशुल्क व्यूटिसियन तालिम सिन्धुलीमाढीमा सुरु भएको छ ।
२१ वटा गाविसका २० जनामहिलाहरु सहभागी रहेको उक्ततालिमको उद्घाटन समारोहमा सबल परीयोजनाका सुक्रराजपौडेल, सुवास घिमिरे, युसेपका फडिन्द्र तामाङ, लालबहादुर बुढाथोकी, सामाजिकविकासकालागीमहिलाजागरण सिन्धुलीका कोषाध्यक्ष संजितकार्की, जिविसका सुदिप केसी लगायतको उपस्थिती रहेको थियो ।
दैनिक ६ घण्टाको दरले ५२ दिन सम्मचल्ने उक्त व्यूटिसियन तालिममाप्रशिक्षक सुनितामाझी र नेहाश्रेष्ठले सहभागीलाई प्रशिक्षण दिनेजनाइएको छ । तालिममा सहभागीहरुलाई प्राविधिक प्रशिक्षण केन्द्रको लेबल वानको प्रमाणपत्र प्रदानगर्ने जनाइएको छ ।