चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण

चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ, माघ २८ ।

चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले विद्येयक प्रमाणिकरण गर्नुभएको हो ।

व्यवस्थापिका संसदले पारित गरेको निर्वाचन कसूर तथा सजाय विधेयक र स्थानीय तह निर्वाचन विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेर कानुनी रुप प्रदान गर्नुभएको हो ।

यी विधेयक प्रमाणिकरण भएसँगै चुनावका लागि चाहिने चारवटा कानुन तयार भएको छ । निर्वाचन आयोग र मतदाता नामावलीसम्बन्धी कानुनले पनि अन्तिम रुप पाइसकेको छ ।

चुनावका लागि चाहिने राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको कुरा नमिल्दा अझै राज्य व्यवस्था समितिमै अड्किरहको छ ।

निर्वाचन आयोगले कानुन अभावमा ठोस रुपमा चुनावको तयारी थाल्न समस्या भएको बताइरहेका बेला चुनावसम्बन्धी थप दुई कानुन आएपछि सरकारलाई चुनावको मिति तोक्न थप दबाब परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ