रसुवाका स्थानीय कर्मचारीद्धारा कलम बन्द

रसुवाका स्थानीय कर्मचारीद्धारा कलम बन्द

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौ २८ माघ ।  स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्नुपर्ने माग राख्दै रसुवाका स्थानीय निकायमा कार्यरत कर्मचारीले आज तीन घण्टा कलम बन्द गरेका छन् ।

निर्वाचन लगायत ६ वुँदे माग राख्दै स्थानीय निकाय कर्मचारी संयुक्त संघर्ष जिल्ला समन्वय समिति रसुवाको आह्वानमा जिविस र गाविसका कर्मचारीले आज तीन घण्टा कलम बन्द गर्ने जनाएका हुन् ।

उनीहरुले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा कर्मचारी समायोजन गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने, अस्थायी कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायत माग राखेका छन् ।

समितिले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कलम बन्द गरिएको सयुंक्त संघर्ष समितिका अध्यक्ष लिलानाथ नेपालले वताउनुभयो ।

गत माघ १९ गतेदेखि नै विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको आन्दोलन समितिले फागुन १ गते गाविस तथा जिविस पुरै दिन बन्द गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ