जलविद्युतमा सम्झौता भइसकेको ऋण दिन बैंकको आनाकानी

जलविद्युतमा सम्झौता भइसकेको ऋण दिन बैंकको आनाकानी

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमान्डौ माघ २८ । 

बैंकहरुले तरलताको कारण देखाउँदै जलविद्युत क्षेत्रका लागि सम्झौता भइसकेका ऋणहरुको समेत समयमै रकम उपलब्ध नगराउने गरेको देखिएको छ ।

ऋण सम्झौता भइसकेका आयोजनाहरुका लागि ऋणको किस्ताबन्दी माग्न जाँदा समयमै नपाएको उद्योग वाणिज्य महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए ।
उनले बैंकहरुले अहिले सम्झौता भइसकेका आयोजनालाई भन्दा पनि नयाँ आयोजनालाई कर्जा लगानीका लागि प्राथमिकतामा राखेको बताउँछन् । राष्ट्र बैंकले जलविद्युत क्षेत्रमा बैंकहरुले लगानी गर्नुुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । कृषि र उर्जा क्षेत्रमा मात्रै १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै उर्जा, पर्यटन क्षेत्र र घरेलु तथा साना उद्योगमा प्रवाहित कर्जा कुल कर्जाको न्युनत्तम २० प्रतिशत पुर्याउँने व्यवस्था पनि कायम गरिएको छ । अनुत्पादक क्षेत्रमा बैंकहरुको लगानी बढ्दै गएपछि केही वर्षअघि राष्ट्र बैंकले यस खालको व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस खालको व्यवस्था गरेको भए पनि बैंकहरु भने उत्पादनमूलक क्षेत्रमा आकषिर्त हुन सकेका छैनन् ।

जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था औपचारिकतामा पूरा गर्न बैंकहरुले अहिले अर्को घुमाउरो तरिका प्रयोग गर्न थालेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी