अब चितवन पनि लोडसेडिङमुक्त

अब चितवन पनि लोडसेडिङमुक्त

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ २८ माघ ।  

नेपाल विद्युत प्राधिकरणले चितवन जिल्लालाई पनि लोडसेडिङ मुक्त गराएको छ । औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा बिहीबारदेखि नै लागु हुनेगरी जिल्लालाई लोडसेडिङ मुक्त गराएको प्राधिकरणले जनाएको छ ।

अनौपचारिक रुपमा भने विगत एक सातादेखि नै चितवनमा विद्युत कटौती गरिएको थिएन । भारतबाट थप विद्युत आयात भएपछि चितवनमा सहज रुपमा विद्युत उपलब्ध गराउन सकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मात्रै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रमर्मा एक÷दुई दिनभित्रै जिल्लालाई विद्युतभार कटौतीमुक्त गर्ने आश्वासन दिनुभएको थियो ।

चितवनको टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत मासिक रुपमा खपत हुँदै आएको छ । भरतपुर प्राधिकरणअन्तर्गत ६८ हजार ग्राहक छन् भने टाँडीअन्तर्गत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।

सरकारले यसअघि काठमाडौँ र पोखरालाई लोडसेडिङमुक्त शहर घोषणा गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ