काठमाडौ २७ माघ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा बनेका भोटिङ मेसिनबारे सरकारले नै ग्यारेन्टी गर्ने भएमात्रै आयोगले प्रयोगमा ल्याउन सक्ने बताउनु भएको छ ।
यादवले सरकारले प्रमाणीकरण नगरी कुनैपनि भोटिङ मेसिनको प्रयोग गर्न नसकिने स्पस्ट पार्नुभयो । राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
स्थानीय निर्वाचनका लागि भारतबाट ल्याइने भोटिङ मेसिनले पनि धान्न नसक्ने भएकाले अन्य देशहरुबाट समेत मेसिन मगाउनुपर्ने अवस्था रहेको यादवको भनाई छ ।
सरकारले बेलायती कम्पनीले बनाएको भोटिङ मेसिन खरिद गर्न चासो देखाएपछि नेपालमै बनेको भोटिङ मेसिन प्रयोग गर्नुपर्ने आवाज उठेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline