आठौं महाधिवेशन पछि पार्टी नया उचाईमा पुग्छः प्रकाण्ड

आठौं महाधिवेशन पछि पार्टी नया उचाईमा पुग्छः प्रकाण्ड

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

माघ २७ काठमाण्डौं । नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले देशलाई विखण्डन गर्ने तत्वहरु सक्रिय रहेको र तीनीहरुको संरक्षण विदेशी शक्ति केन्द्रले गरीरहेको दावी गरेका छन् ।
संवाद डवलीमा पार्टी निकट पत्रकाहरुको बैठकमा बोल्दै प्रवक्ता प्रकाण्डले देशमा अब उथल पुथल हुने दिन आएको भन्दै देशलाई संकटबाट मुक्त गर्न पार्टीले नयाँ तरीकाले संघर्ष गर्ने बताए । फागुण १ गते काठमाण्डौंमा आठौं महाधिवेशनको उद्घाटनको तयारी व्यापक भएको र त्यस महाधिवेशनले देश र जनताको मुक्तिका लागि नया दिशा तय गर्ने समेत उनले बताए ।

जनताको दृष्टिमा काग्रेस, एमाले माओवादी केन्द्र सबै असफल शक्तिको रुपमा स्थापित भएकाले उनीहरुले आफूलाई ठूलो भनेर घमण्ड गर्नुको कुनै औचित्य नभएको पनि उनले बताए । आफूहरुले माक्र्सवाद, लेनिनवाद र माओवादले विकास गरेको क्रान्तिको रणनीतिमा अझ विकास गर्ने गरी बहस थालेको भन्दै अब नयाँ र मौलिक किसिमले नेपालमा क्रान्ति सफल हुने दावी प्रकाण्डले गरे ।
आफूहरुले परिकल्पना गरेको वैज्ञानिक समाजवादमा जनता धनी हुने र नेता गरीब हुने खालको अर्थात नेताको सामान्य व्यवस्थापन मात्र्रे गर्ने खालको प्रणाली स्थापित गर्न चाहेको प्रकाण्डको भनाई थियो ।  अहिलेको पूजीवादले जनतालाई लुटेर मुट्ठीभर पूजीवादी र दलाल नेताहरु धनी र सम्पन्न भएको र जनता गरीबीमै बाच्नु परेको तर्क प्रकाण्डको छ ।
उनले पत्रकारहरुलाई पार्टी महाधिवेशन सफल पार्न र जनता सम्म पार्टीको कार्यक्रम र नीति स्थापित गराउन भूमिका खेल्न आग्रह समेत गरेका छन् ।
कार्यक्रममा माओवादी केन्द्रीय सदस्य मोहन कार्की जीवन्त, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने, उपाध्यक्ष दिपेन्द्र रावल र महासचिव प्रज्वल श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ