काठमाडौ २७ माघ ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा आज बिहान अज्ञात समुहले आगजनी गरेको छ । बिहान करिब ३ बजे कलेजको लेखा शाखामा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कलेजका चौकीदार दिल बहादुर चौधरीलाई कोठामा थुनेर आगो लगाएर भागेको विद्यालय प्रशासनले जनाएको छ । आगलागीबाट लेखा शाखाका सम्पूर्ण प्रमाण तथा अत्यावश्यक सम्पूर्ण विवरण जलेर नष्ट भएका छन् ।
विस २०३६ सालदेखि २०७३ माघ मसान्त सम्मका सबै प्रमाण नष्ट भएको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्रमुख डा.राज कुमार साउदले जानकारी दिनुभयो ।
शैक्षिक क्षेत्रको प्रगति देख्न नचाहने समुहबाट यस्तो अनैतिक काम भएको उहाँको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline