बस्न योग्य घर भएकाले अनुदान रकम फिर्ता लिन प्राधिकरणको आग्रह

बस्न योग्य घर भएकाले अनुदान रकम फिर्ता लिन प्राधिकरणको आग्रह

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, माघ २७ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बस्न योग्य नै घर भएका र अन्यत्र पनि घर भएकाले अनुदान रकम लिएको भए तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

बस्न योग्य घर भएकाले पनि झुटो विवरण पेश गरी अनुदान लिएको गुनासो आएपछि प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर रकम फिर्ता गर्न आग्रह गरेको हो ।

यस्तै अनुदानका लागि लाभग्राहीको सूचिमा नाम भरेकालाई पनि तत्काल आफ्नो नाम हटाउन प्राधिकरणले आग्रह गरेको छ ।

सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी १५ दिन भित्र नाम नहटाय वा रकम फिर्ता नगरे कारवाही गर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै प्राधिकरणले भूकम्प प्रभावित जिल्लाबाट आएका गुनासोको फर्छ्यौट गर्ने काम भइरहेको पनि जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ