भक्तपुर, २६ माघ ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले मुख्य राजनीति शक्ति एक भएर निर्वाचनमा जानुको विकल्प नभएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकार निर्वाचनमा जान डराइरहेकाले चुनावनै नगर्न बिभिन्न बहानाबाजी गरिरहेको आरोप लगाउनु भयो ।
निर्वाचनमा जानबाट खुट्टा नकमाउन सरकारलाई आग्रह गर्दै पूर्वमन्त्री पण्डितले संविधान कार्यान्वयन भएन भने देशले संवैधानिक, राजनीतिक सङ्कटपूर्ण अवस्था सामाना गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताउँदै सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने पनि बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline