तीनदिने विकास पत्रकारीता तालिम सम्पन्न

तीनदिने विकास पत्रकारीता तालिम सम्पन्न

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

ललितपुर, माघ २६ ।

नेपाल पत्रकार महासङ्ग ललितपुरको आयोजनामा भएको तीन दिने विकास पत्रकारीता तालिम आज सकिएको छ । गत २४ गतेदेखि ललितपुरको पाटनढोकामा सुरु भएको तालिममा ५१ जना प्रशिक्षर्थिले सहभागीता जनाएका थिए ।

सहभागीहरुलाई नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउले खोज पत्रकारीता र महासंघका महासचिव उजिर मगरले फिचर लेखन सम्बन्धी तालिम दिनुभएको थियो ।

पत्रकारिता आचार सहिता, अनलाइन पत्रकारिता र बिकास पत्रकारिता तालिमलाई सचिन रोक्का, प्रभुनरायण बस्नेत, प्रबेश सुवेदी लगायतले दिनुभएके थियो । तालिमको तेस्रो दिन पत्रकार महासङ्घ ललितपुरका सस्थापक अध्यक्ष धर्मरत्न शाक्यले प्रमाणपत्र बितरण गर्नुभयो ।

तालिमले रिपोर्टिङ गर्न सघाउ पुर्याएको तालिममा सहभागी सीतामैया श्रेष्ठको भनाई छ । त्यस्तै तालिमबाट खोज पत्रकारिता गर्न र फिचर लेखनमा धेरै कुरा जानकारी पाएको प्रशिक्षार्थी प्रतीक्षा आचार्यले बताउनु भयो ।


पत्रकारलाई बेला बेला तालिम हुनुपर्ने आवश्यकता लाई महसङ्घ ललितपुरले सुरु गरेकोमा प्रशिक्षक शिरोमणि ढुंगानाले प्रशंसा गर्नुभयो ।
बिकास पत्रकारितालाई नेपालका मिडियाले बुझ्न नसकेको उहाँको भनाई छ ।


भर्खर पत्रकारीता सुरु गर्नेहरुका लागी यस तालिमले सहयोग पुर्याएको भन्दै सहभागी मेगेन्द जोशीले खुसि व्यक्त गर्नुभयो ।


जिबिस ललितपुरको सहयोगमा भएको तालिमबाट सहभागीको क्षमता अभिबृद्दी हुने अध्यक्ष लेखनाथ न्यौपानेले बिश्वास ब्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ