उपत्यका सहित देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी

उपत्यका सहित देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२६ माघ ।

नेकपा (माओवादी)निकट अखिल(क्रान्तिकारी) लगायत सात बिद्यार्थी संगठनहरुले चार बुद्दे माग सहित उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।

त्रिभुवन बिश्वबिद्धालयले बिद्यार्थी संगठनहरुलाइ हेर्ने दृष्टीकोण र गर्ने ब्यवहारमा बिभेद गरेको , फर्जी बिद्यार्थी भर्ना लाइ मान्यता दिएको ,स्वबियु निर्वाचनको लागी उपयुक्त वातावरण निर्माण नगरेको भन्दै त्रि वि केन्द्रिय क्याम्पस लगायत देशै भरीका क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।

त्रि वि को एकलकाटे प्रवृत्ति र केहि मुठ्ठीभर संगठनको उक्साहटमा गरिएको हर्कतको कारणले स्ववियु निर्वाचनको वातावरणमा धमिलिदै गएको क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले बताएका छन् ।
उनले यस बारेमा सम्बधित निकायलाइ पटक पटक जानकारी गराइ छलफलको माग राख्दा समेत खास गम्भीरता नदेखिए पछि तालाबन्दी बाध्यात्मक बनेको जानकारी दिएका छ्न ।

बिश्वकर्माले त्रि बि को अहिलेको गतिविधिले चार लाख भन्दा बढी स्वतन्त्र एब स्वाधिन बिद्यार्थीको अधिकारलाइ कुन्ठित गर्न खोजेको भन्दै यस्तो कार्य नसच्चिए ंअझै कडा ष्रघर्षका कार्यक्रम गर्ने चेतावनी दिए ।

सात बिद्यार्थी संगठनको स्ववियु निर्वाचन सम्बन्धी घोषण गरेको संघर्षका कार्यक्रमहरुमा भोली देखि निर्वाचनका सबै कामहरू रोक्ने ,माघ २८ गते देखि प्रतिरोध गर्ने रहेका छन् ।

उनीहरुले त्रि.बि सिनेटको सिन्डिकेट खारेज गर्न , फर्जी भर्ना खारेज गर्न , पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरी स्ववियु निर्वाचनको वातावरण निर्माण गर्न माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी