कार्यविधिलाई कुल्चेर सदस्यता वितरण र नविकरणमा मनपरि गरिएकोे प्रति युनियनको आपत्ती

कार्यविधिलाई कुल्चेर सदस्यता वितरण र नविकरणमा मनपरि गरिएकोे प्रति युनियनको आपत्ती

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, माघ २६ ।
नेपाल पत्रकार महासंघको शाखा अधिवेशनको पूर्वसन्ध्यामा नयाँ सदस्यता वितरणमा मनपरी भएको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले आज एक बिज्ञप्ती जारी गर्दै यस्तो आपत्ती जनाएको हो । यूनियनले महासंघको विधी र प्रक्रियालाई वेवास्ता गर्दै गैर पत्रकारलाई सदस्यता दिएको भन्दै आपत्ती जनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

युनियनका महासचिब अजयबाबु शिवाकोटीद्धारा जारी विज्ञप्तीमा सदस्यता कसलाई दिइयो र कस्ले प्राप्त गरिरहेको छ भन्ने सामान्य जानकारी महासंघकै केन्द्रीय समितिका सदस्यहरुलाई समेत नहुनु, र आफैले बनाएको कार्य्विधीलाई कुल्चेर सदस्यता वितरण र नविकरणमा मनपरि गरिएकोे जनाइएको छ ।

थपिएका अधिकांश सदस्यहरु क्रियाशिल पत्रकार भन्दा पनि दल विशेषका कार्यकर्ताहरु रहेको, पत्रकारिता पेशाबाट पलायन भइ निष्क्रिय रहेका र अन्य पेशामा लागि सकेकाहरुलाई समेत नविकरण गरि मत सुरक्षित गर्ने प्रपञ्च मात्र गरिएको विज्ञप्तीमा उल्लेख छ ।

महासंघको साझा चरित्रलाई बचाउन सम्पूर्ण पत्रकार र पत्रकारीतासँग जोडिएका संस्थाहरु तथा नागरिक समाज एक ठाउँमा उभिनु पर्ने भएका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेका सबैलाई महासंघलाई दल बिशेषको छायाँबाट बचाउनका लागि एक ठाउँमा उभिन आह्वान समेत विज्ञप्ती मार्फत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ