पाल्पा, माघ २६।
पाल्पामा स्कुल बसको ठक्करबाट आज विहान एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका उच्च मावि बतासेमा कक्षा २ मा अध्ययनरत ८ वर्षीय सविना बगाले मगर रहेकी छिन् ।
विद्यार्थी लिन गएको बसले मगरलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुशुमखोला–७ गोहोदीमा लु १ क ११२० नम्बरको स्कुल बसले ठक्कर दिँदा उच्च दुर्घटना भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline