जपानको नागोया शहरमा ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो सहित )

जपानको नागोया शहरमा ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो सहित )

  • मङ्लबार, माघ २५, २०७३
  • मिक्साङ वाईबा तामाङ । 

  • 21.7K
    SHARES

तामाङ समुदायको साँस्कृतिक पर्व २८५३ औं ज्या ल्होछारको अवसरमा जापानको नागोया शहरमा बृहत ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तामाङ समाज नागोय जापानले हरेक वर्ष गर्दै आएको ल्होछार कार्यक्रम यो वर्ष पनि भव्यताका साथ सम्पन्न भएको जनाइएको छ ।

गत फेब्रुअरी  ५ तारीख आइतबार जापानको सुन्दर एवंम हराभरा वातवरण भएको टोयोटा शि स्थित टोयोटा सङ्ह्यो बुन्खो हलमा भएको कार्यक्रममा स्थानीय कलाकारको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।

नेपाल आदिवासी जनजाती महसंघ जापानका सह अध्यक्ष कन्छा शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम लामा गुरु दावा शेर्पाले नयाँ बर्ष ल्होछारको अवसरमा सबै मानाव जातिमा सुख, शान्ति छाओस भनि पुजा पाठ गरी शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा एनआरएन तोकाइ एरियाका संयोजक रामु पोखरेल र आईसीसी सदस्या पारसा मणी पोखरेको पनि सहभागिता रहेको थियो ।

यसैगरी नेपाल जापान मगर संघका अध्यक्ष गङ्गा घर्ती मगर, यायोख्खा किराँत राई जापानका अध्यक्ष बिधान राइ, शेर्पा संघ जापानका सह अध्यक्ष पेम्ब शेर्पा, धादिङ समाज जापानका अध्यक्ष राज कुमार अधिकारी, नेपाल जनप्रगतिशिल जापानका प्रतिनिधी ग्यानम रुम्बा लागयतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाती महासंघ जापानका सह अध्यक्ष कन्छा शेर्पाले अहिले देशमा चलिरहेको पहिचानको मुद्धालाई सबैले समर्थन गर्नुपर्नेमा जोड दिँदै पहिचान स्थापनाका लागि सबै एक भएर लड्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्राममा समाजका सदस्य सञ्जय तामाङ ( मेन्दोला ) ले ल्होछार संम्बन्धी जानकारी दिदै स्वागत मन्तब्य राख्नु भएको थियो । दुई खण्डमा विभाजित कार्यक्रमको अनौपचारिक खण्ड अन्तरगत विभिन्न कलाकारहरुले आ आफ्नो प्रस्तुती दिएका थिए ।

जापानमै रहेर पनि आफ्नो सङ्गितिक कर्मलाई आगडी बढाइरहेका कलाकारहरु कर्म दोङ तामाङ, लोक तथा अधुनिक गायक श्याम सिताल, गायक छबी लामा तामाङ, रजिब लामा, आर के स्याङतान , अबि तामाङ, प्रिती तिदोङ, मिरा धर्लामी, क्यामसो लामा, पोमा तामाङ , समिर लामा लगाएत थ्री ब्रदरस ब्यन्डको प्रस्तुतिले सांगितिक महोल सिर्जना गराएको थियो ।

डिजे सु स्याङको प्रस्तुतीले कार्यक्रममा थप रौनक थपेको थियो । तामाङ समाज नागोय जापानका सचिव एवंम गायक कर्म दोङ तामाङको सफल संयोजकत्वमा रहेको उक्त कार्यक्रमको सन्चलान संस्थाका सह सचिब सुनिल योन्जन र अर्को संस्थाकै कोष अध्यक्ष शान्ति लामाले अनौपचारिक कार्यक्रम सन्चलान गरेका थिए ।

फोटो : कर्म दोङ तामाङ 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ