हस्ताकला क्षेत्रको विकासले महिला सशक्तीकरणमा योगदान पुर्याउछ : नेता सिंह

हस्ताकला क्षेत्रको विकासले महिला सशक्तीकरणमा योगदान पुर्याउछ : नेता सिंह

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ २५ माघ ।  

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले हस्तकला क्षेत्रको विकासले महिला सशक्तीकरणमा योगदान पु¥याउने बताउनुभएको छ ।

महिला सीपमूलक उपभोक्ता समिति क्षेत्र नं ७ बालाजु निर्वाचन क्षेत्र विकास कोषद्वारा सञ्चालित १५ दिने मखमलको जुत्ता बनाउने तालिमको आज शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पूर्वउपप्रधान समेत रहनु भएका सिंहले नगरभित्रका महिलाले फुर्सदको समय सीपमूलक व्यवसाय सञ्चालन गर्दा त्यसले उनीहरुको आर्थिक वृद्धि भई मुलुकको आर्थतन्त्र गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्वदेश तथा विदेशमा समेत राम्रो माग हुने गरेकाले त्यस्ता सामग्रीहरुको उत्पादनमा जोड दिनुपर्ने नेता सिंहको भनाई छ ।

नेपाली काँग्रेसका नेताहरु विजय माली, मुकुन्द रिजाल, नेत्री प्रमीला सिंह र नेपाल महिला सङ्घकी सदस्य सरस्वती देवकोटाले हातले बनाएका विभिन्न सामग्रीका पारखी दिन प्रतिदिन बढ्दै गएकाले मखमलको जुत्ताको व्यावसायिक उत्पादन गर्न खाँचो रहेको औँल्याउनुभयो ।

समितिका अध्यक्ष मञ्जु श्रेष्ठले साना घरेलु उद्योग तथा हस्तकलाको विकासमा महिलाको विशेष भूमिका हुने हुँदा त्यसले महिलाको आर्थिक उन्नति भई सामाजिक रुपान्तरणमा सहयोग पुग्ने बताउनुभयो । दुई सातासम्म सञ्चालन हुने तालिममा १५ महिला सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ