जिल्ला अदालत ललितपुरका नायब सुब्बाविरुद्ध मुद्दा दायर

जिल्ला अदालत ललितपुरका नायब सुब्बाविरुद्ध मुद्दा दायर

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

काठमाडौँ, २५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा श्यामप्रसाद अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अदालतबाट सफाइ पाएका एक सेवाग्राहीलाई अन्य मुद्दामा फसाइदिने धम्की दिँदै रु तीन लाख घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले बिगोसमेत असुल उपर गरी हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

अदालतका कर्मचारीलाई आयोगले नियन्त्रणमा लिएको विषयमा अदालत र आयोगको कार्यक्षेत्रलाई लिएर विवादसमेत भएको थियो । भ्रष्टाचारको विषयमा उचित निरुपण गर्ने निकाय आयोग नै भएको ठहरपछि अदालतले अर्याललाई पुनः आयोगको नै जिम्मा लगाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ