दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको घटनास्थमै मृत्यु

दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको घटनास्थमै मृत्यु

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २५ माघ । 
कन्चनपुरको भीमदत्तनगरमा आज दिउँसो दुई ओटा मोटरसाइकल आपसमा ठोकिएर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

भीमदत्तनगर नगरपालिका–१८ खैरभट्टीचोकमा सुरतबहादुर पार्कीले चलाएको से १ त २२६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको म १ प ३३३४ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा धनगढी नगरपालिका–५ तारानगरका २८ वर्षीय सुरतबहादुर पार्की र बेदकोट नगरपालिका–८ का २३ वर्षीय रहसी ओखेडा रहेका भीमदत्तनगर प्रहरीले जनाएको छ ।

दुर्घटनामा पार्कीले चलाएको मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको हो । अर्को मोटरसाइकलमा सवार चालक मेघराज जोशीसहित तीनजना घाइते भएका छन् ।

घाइतेहरुको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ