सबै आईफोन सिरीजमा फोरजी चल्न थाल्यो

सबै आईफोन सिरीजमा फोरजी चल्न थाल्यो

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

माघ २५ काठमाण्डौं । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी सेवा आज २०७३ देखि सवै सिरीजको आईफोन सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यस अघि यो सेवा आईफोन सिरीज ५ का सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो ।
नेपाल टेलिकमले फोरजी सेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि एपपल कम्पनीका सवै सिरीजका मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो ।
नेपाल टेलिकमले पौष १७ गते देखि नेपालमै पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । आरम्भमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा माघ २२ गते देखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी