शिक्षकले राजनीति गर्ने भए पढाउन छाड्नुपर्छ : शिक्षामन्त्री

शिक्षकले राजनीति गर्ने भए पढाउन छाड्नुपर्छ : शिक्षामन्त्री

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ २५ माघ ।
शिक्षामन्त्री धनिराम पौड्यालले शिक्षकहरु गुटगत राजनितिमा फसेका कारण सामुदायिक विद्यालयहरुको शिक्षाको स्तर खस्कँदै गएको बताउनु भएको छ । राजनीति गर्ने भए शिक्षकको जिम्मेवारीबाट मुक्त हुनुपर्ने उहाँको तर्क थियो ।

झापाको लखनपुरस्थित आदिवासी रङ्गशालामा सुरु भएको बाल महोत्सवको आज उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । मन्त्री पौडेलले राजनीति गर्ने शिक्षकको अब विद्यालयमा काम नभएको उल्लेख गर्दै राजनीतिमा संलग्न हुन चाहने शिक्षकले शिक्षण पेशा छोड्नु पर्ने बताउनु भयो ।

मन्त्री पौड्यालले नेपालको शिक्षा व्यावहारिक नभई प्रमाणपत्रमुखी हुँदा शैक्षिक बेरोजगारीको सङ्ख्या बढेको बताउनुभयो । ‘ नेपालको शिक्षालाई आठौँ संशोधनले प्राविधिक र व्यावसायिक बनाएको छ अब शैक्षिक बेरोजगारको सङ्ख्या घट्छ ।” मन्त्री पौडेलको भनाई छ ।

शिक्षामन्त्री पौडेलले सरकारले ल्याएको शिक्षा ऐनको आठौँ संशोधन बालबालिकामैत्री रहेको दाबी गर्दै यसको कार्यान्वयनका लागि सबैको साथ आवश्यकता रहेको धारणा राख्नुभयो । यही माघ २९ गतेसम्म चल्ने महोत्सवमा झापा, इलाम, सुनसरी र धनकुटाका गरी करिब डेढ लाख बालबालिकाले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी