काठमाडौं, माघ २५ ।
रानीपोखरीको माटो परीक्षण गरिने भएको छ । पोखरीमा रहेको माटो परिक्षण पछि मात्रै सफा गर्ने काम सुरु गरिने बताइएको छ ।
रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वर्ल्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण जनाइएको छ ।
विभागले पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच गर्न यसै साता माटो परीक्षण गर्न लागेको हो । गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका सबै माछा अन्यत्र सारी पोखरी सफा गर्ने तयारी भए पनि माटो परीक्षणमा ढिलाइ भएको कामपाले जनाएको छ ।
चार सय वर्षदेखि सफा नगरिएको उक्त पोखरी निर्माणकै अवसर पारी सफा गर्न लागिएको हो । गत वर्ष वैशाख १२ को भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेतमा क्षति पुगेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline