चौथो शिखर सम्मेलनको तयारीका विषयमा छलफल गर्दै विमस्टेक बैठक आज सकिदै

चौथो शिखर सम्मेलनको तयारीका विषयमा छलफल गर्दै विमस्टेक बैठक आज सकिदै

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ माघ २५ ।
राजधानीमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेकको बैठक चौथो शिखर सम्मेलनको तयारी तथा समीक्षा लगायतका विषयमा छलफल गर्दै आज सकिदै छ ।

बिमस्टेकको अध्यक्ष राष्ट्रका हैसियतले नेपालले आइतबार देखि आह्वान गरेको बैठकमा आज सदस्य राष्ट्रहरुका विदेश तथा परराष्ट्र मामिला मन्त्रालयका सचिवस्तरको बैठक बस्दै छ ।

बैठकमा नेपालमा हुने चौथो विमस्टेकको शिखर सम्मेलनको तयारी तथा विमस्टेकको क्षेत्रगत उपलब्धिको समीक्षा लगायतको विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आजको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले गर्नुहुने छ ।

बैठकमा नेपाल सहित बिम्स्टेक सदस्य राष्ट्र भारत, बंगलादेश, भुटान, म्यानमार, श्रींलका र थाइल्याण्डका वाणिज्य र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृतको सहभागिता रहेको बताइएको छ ।

बैठकमा यस क्षेत्रको सामाजिक–आर्थिक विकास, संस्कृति, विज्ञान प्रविधी उर्जालगायत १४ क्षेत्रमा भएका साझेदारी तथा लगानीको समीक्षा समेत हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ