डिजिटल प्रेस क्लिपिङ सेवासम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर

डिजिटल प्रेस क्लिपिङ सेवासम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं माघ २३ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चारमाध्यमले सकारात्मक आलोचनाबाट राजनेतालाई सुधार गर्न मद्धत पुर्याउनु पर्ने बताउनु भएको छ ।
डिजिटल प्रेस क्लिपिगंको उद्घाटन आईतबार गर्दै मन्त्री कार्कीले मिडिया सर्वसाधारणको पहुचमा रहेको बताउनु भयो ।
उहाले विकासलाई पनि डिजिटलाईज गर्नु पर्ने बताउनु भयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले उपराष्ट्रपति नन्दबहादुर पुनले पठाउनुभएको शुभकामना सन्देश बाचन गर्नुको साथै डिजिटल प्रेस क्लिपीङ्को औचित्य र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।
शिक्षामन्त्री धनिराम पौडेल, युवा तथा खेलकुदमन्त्री दलजीत शेरपाइलीले नेपालको मिडियालाई डिजिटलाइजेशनबाट सुशासनको प्रत्याभूत गर्दै सर्वाङ्गिन बिकासमा बल पुग्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सवै खालका अनलाइन, युट्यूब, अनलाइन टिभी लगायतको मिडियाको हब बनेको नारकोसी डटकमले जबाफदेही बन्दै गौरव गर्ने दिन आउनुपर्ने धारणा राख्नुभएको थियो ।
कलाकार जितु नेपाल र मनोज गजुरेलले सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गर्दै सामाजिक सञ्जाल, मिडियाको विकृति र विसंगतीको बिषयमा तिखो ब्यङ्ग्य प्रहार गर्नुहुँदै पत्रकारले पनि सार्थक समाचारको खोजी गर्न आग्रह गर्नुभयो ।
बुनेसा इन्टरनेशनलका सिईओ शर्माले डिजिटल प्रेस क्लिपीङ् सेवाको बारेमा स्पष्ट पार्नुभई संसारभरी रहेका ५०० बढी नेपाली अनलाइनलाई नारकोसी डटकमबाट आफूले चाहेको भौगोलिक र बिषयगत आधारमा समाचारहरु हेर्न सकिने बताउनुभयो । अनलाइन तथा युट्युब च्यानलबाट पोष्ट गरेका सामग्रीहरु पनि नारकोसी डटकमबाट हेर्न सकिने हुँदा समयको बचत हुने उहाँको धारणा थियो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र बुनेसा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले डिजिटल प्रेस क्लिपीङ् सेवा सञ्चालनसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार काउन्सिलले सो सेवाको सञ्चालन गर्ने र ग्राहक बनाए बापत केही सेवाशूल्क बुनेसालाई दिने उल्लेख छ ।
तस्विर ः महेन्द्रराज सिंह

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ